सल्यानमा सिकार खेल्दा गोली लागेर एक जनाको मृत्यु


काठमाडौं ।  सल्यानको कालिमाटीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।

कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार गोली लागेर कालिमाटी–२ बराहढुँगाका करिब ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गोली लागेको थियो। घटनापछि प्रहरीले सिकार खेल्न गएका ६ जनालाई नियन्त्रणमा लिएको छ।

घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

२०८३ श्रावण २३, शनिबार ०९:५९ प्रकाशित
ट्रेन्डिङ समाचार