काठमाडौंका यी क्षेत्रमा शनिबार–आइतबार बत्ती जाने


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा पूर्वाधार निर्माणको कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

शनिबार भीमसेनस्थान फिडरअन्तर्गत टेकू, ह्युमत, जैसीदेवल, काष्ठमण्डपलगायत क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म तथा डिल्लीबजार फिडरअन्तर्गत कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडकलगायत क्षेत्रमा दिउँसो १२ बजेदेखि ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

आइतबार लाजिम्पाट फिडरअन्तर्गत लैनचौर, खुर्सानीटार, लाजिम्पाट मेन रोड, र्‍याडिसन होटेललगायत क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती जानेछ।

निर्धारित काम समयअगावै सकिए विद्युत् सेवा पनि समयअघि नै सुचारु हुने प्राधिकरणले जनाएको छ।

२०८३ श्रावण २३, शनिबार ०८:४३ प्रकाशित
ट्रेन्डिङ समाचार