लागुऔषधसहित २० जना प्रहरी नियन्त्रणमा


काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोललगायत नियन्त्रित औषधि बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा दाङबाट पाँच र झापाबाट चार जनासहित अन्य जिल्लाबाट रहेका छन्।

२०८३ श्रावण २३, शनिबार ०८:३६ प्रकाशित
ट्रेन्डिङ समाचार