काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशभर मौसम बदली रहने र अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा पनि मध्यम वर्षा र हिमपात हुनसक्ने जनाइएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाले सडक तथा हवाई यातायात र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया