‘२३–२४ भदौ घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पहाडीको माग’


काठमाडौं ।  मानव अधिकार तथा शान्त समाजका संस्थापक केन्द्रीय सभापति कृष्ण पहाडीले गत २३ र २४ भदौमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार बुटवलमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै उनले सरकारले १०० बुँदे कार्यसूचीअनुसार सात दिनभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाए पनि चार महिनासम्म त्यसको कार्यान्वयन नगर्नु दुःखद भएको बताए। उनले घटनाको सत्यतथ्य बाहिर नआए यस्ता घटना पुनः दोहोरिन सक्ने चेतावनी दिए।

पहाडीले सरकारका गतिविधिप्रति नागरिक तथा निजी क्षेत्र सन्तुष्ट हुन नसकेको उल्लेख गर्दै अपरिपक्व परराष्ट्र नीतिका कारण छिमेकी मुलुक चीन र भारतसमेत संशयमा रहेको दाबी गरे। उनले सरकारलाई दमनको बाटोभन्दा संवादमार्फत समस्या समाधान गर्न तथा उद्योगी–व्यवसायीमाथि बिना प्रमाण धरपकड गर्ने कार्य रोक्न आग्रह गरे।

२०८३ श्रावण २२, शुक्रबार २०:०२ प्रकाशित
ट्रेन्डिङ समाचार