काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सरकारलाई ग्यास आपूर्ति सहज बनाउन, वितरण प्रणाली पारदर्शी बनाउन र कृत्रिम अभाव तथा कालोबजारीमा संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ।
आयोगको अनुगमनमा ग्यास अभावका कारण विद्यार्थी, दैनिक ज्यालादारी मजदुर तथा न्यून आय भएका परिवार बढी प्रभावित भएको पाइएको छ। साथै, अनावश्यक भण्डारण नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि प्रभावकारी बजार अनुगमन गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ।
२०८३ श्रावण २२, शुक्रबार १९:५५ प्रकाशित

