नेप्से ४.०५ अंक घट्यो, कारोबार ३.७७ अर्बमा सीमित


काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ४.०५ अंकले घटेर २६५० अंकमा झरेको छ। बजार दिनभरजसो रातो रहँदा कारोबार रकम पनि घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भयो।

८६ कम्पनीको शेयर मूल्य बढ्दा १८४ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। हाइड्रोपावर समूहमा सबैभन्दा बढी १ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको छ। आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढ्दा अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य ६.९३ प्रतिशतले घटेको छ।

२०८३ श्रावण २२, शुक्रबार १९:३० प्रकाशित
ट्रेन्डिङ समाचार