काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश फर्किएपछि साउन २९ देखि ३१ गतेसम्म हुने भेलामा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिए।
कोइरालाले देउवा स्वदेश फर्किने क्रममा राज्यका तर्फबाट कुनै धरपकड भए त्यसको विरोध गरिने पनि बताए। हाल जेनजी आन्दोलनका क्रममा घाइते भएका पूर्वप्रधानमन्त्री देउवा श्रीमती आरजु राणासहित हङकङमा रहेका छन् र साउन २६ गते साँझ नेपाल फर्किने कार्यक्रम रहेको उनका निकटस्थहरूले बताएका छन्।
२०८३ श्रावण २२, शुक्रबार १९:२७ प्रकाशित


