काठमाडौं । देशभर अपराधका घटनामा ४.३५ प्रतिशतले वृद्धि भएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर ६१ हजार १६ मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको ५८ हजार ४७२ मुद्दाभन्दा बढी हो।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले साइबर अपराध, बैंकिङ कसुर, अनलाइन ठगी तथा वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका घटनामा उल्लेखनीय वृद्धि भएको जानकारी दिए।