काठमाडौं । सडक विभागले देशभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनामा विद्युत पोल स्थानान्तरण मुख्य अवरोध बनेको जनाएको छ।
संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा महानिर्देशक डा. विजय जैसीले विद्युत प्राधिकरणसँगको समन्वय अभाव र पोल सार्न हुने ढिलाइका कारण सडक आयोजना प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार यसले विकास निर्माणमा ढिलाइ हुनुका साथै राज्यलाई आर्थिक क्षति पनि पुगेको छ।
महानिर्देशक जैसीले नारायणघाट–बुटवल, मुग्लिङ–पोखरा र सूर्यविनायक–धुलिखेल सडक खण्ड सम्पन्न हुने चरणमा रहेको जानकारी दिँदै सबै अवरोध हटाएर निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
२०८३ श्रावण २२, शुक्रबार १८:५६ प्रकाशित

