काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न गतिशील पुलको भूमिका खेल्न सक्ने बताएका छन्।
ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले चीन र भारतसँग सार्वभौम समानता, पारस्परिक सम्मान र साझा हितका आधारमा सम्बन्ध सुदृढ गर्दै आएको बताए। उनले आर्थिक कूटनीति नेपालको परराष्ट्र नीतिको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै व्यापार, लगानी, पूर्वाधार, पर्यटन र रोजगारीका अवसर विस्तारमा सरकार केन्द्रित रहेको बताए।
मन्त्री खनालले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने जीवन्त पुलका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै जलविद्युत्, कृषि, जैविक विविधता, डिजिटल अर्थतन्त्र र पर्यटन क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको धारणा व्यक्त गरे।




प्रतिक्रिया