काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका बुलेट र डुक मोटरसाइकलसहित ६ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको टोलीले दुईवटा चोरीका मोटरसाइकल बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये चार जना डुक मोटरसाइकल र दुई जना बुलेट मोटरसाइकलसहित फेला परेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
२०८३ श्रावण २२, शुक्रबार १०:५६ प्रकाशित

