संयोजक डा. शशांक कोइरालाले राष्ट्रिय भेलाको तयारीबारे आज पत्रकार सम्मेलन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन आज (शुक्रबार) दिउँसो २ः३० बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ।
राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पत्रकार सम्मेलनमार्फत भेलाको तयारी र व्यवस्थापनबारे जानकारी दिनेछन्।
इतर समूहले ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरी राजनीतिक, सांगठनिक, विधान, आर्थिक नीति, प्रचार–प्रसारलगायत ३२ वटा विभिन्न समिति बनाएर संयोजकहरूको जिम्मेवारी तोकेको जनाएको छ। साथै सातै प्रदेश र विभिन्न क्षेत्रगत समन्वय समितिका संयोजकसमेत चयन गरिएको छ।