शनिबार झापा–इलामसहित पाँच जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मोरङको केरौन १३२/३३ केभी सबस्टेशनमा उपकरण परीक्षण तथा दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत प्राविधिक कार्यका कारण शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म केही जिल्लामा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

यस अवधिमा झापा, इलाम, पाँचथर, ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ। प्राधिकरणले प्राविधिक कार्य सम्पन्न भएलगत्तै, वा निर्धारित समयभन्दा अगावै काम सकिएमा सोहीअनुसार विद्युत् आपूर्ति पुनः सुचारु गरिने जनाएको छ। साथै, यसबाट हुने असुविधाप्रति ग्राहकसँग क्षमायाचना गरेको छ।

२०८३ श्रावण २२, शुक्रबार १०:२२ प्रकाशित
ट्रेन्डिङ समाचार