काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २९.५२ प्रतिशतले कम हो। खुद ब्याज आम्दानी घट्नु, कर्मचारी तथा सञ्चालन खर्च बढ्नु र खराब कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) वृद्धि हुँदा बैंकको नाफामा दबाब परेको हो।
यद्यपि बैंकको निक्षेप १५.५ प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ र कर्जा प्रवाह १६.२४ प्रतिशत बढेर २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। नाफा घटेसँगै प्रतिशेयर आम्दानी २४.५९ रुपैयाँबाट १६.११ रुपैयाँमा झरेको छ भने खराब कर्जा ४.०७ प्रतिशत पुगेको छ।
२०८३ श्रावण २१, बिहीबार १९:५७ प्रकाशित

