पर्यटन सिजनमा रेकर्ड पर्यटक आउने संकेत


काठमाडौं ।  नेपालमा सन् २०२४ को मुख्य पर्यटन सिजन (सेप्टेम्बर–नोभेम्बर) उत्साहजनक हुने संकेत देखिएको छ। पाँचतारे होटलमा ७०–८० प्रतिशतसम्म कोठा बुक भइसकेका छन् भने पहिलो सात महिनामा ६ लाख ९२ हजार विदेशी पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही अवधिभन्दा करिब ७ प्रतिशत बढी हो।

पर्यटन व्यवसायीहरूले यस वर्ष १२ लाखभन्दा बढी पर्यटक भित्रिएर सन् २०१९ को रेकर्ड तोडिने अपेक्षा गरेका छन्। उनीहरूले राष्ट्रिय ध्वजावाहकको सुदृढीकरण, अन्तर्राष्ट्रिय प्रचारप्रसार र पूर्वाधार विकासलाई पर्यटन वृद्धिका लागि आवश्यक रहेको बताएका छन्।

२०८३ श्रावण २१, बिहीबार १९:११ प्रकाशित
ट्रेन्डिङ समाचार