ADVERTISEMENT

एमाले सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय गरेको छ। ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत आयोजित कार्यशालामा पार्टी सचिव डा. राजन भट्टराईले सदस्यता व्यवस्थापनलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिने जानकारी दिनुभयो।

पार्टीले वडा र पालिका तहसम्म राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा सदस्यता र अन्य दस्तावेजलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन डिजिटल प्रणाली लागू गरिने जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार