निर्देशक अभावले चिकित्सा शिक्षा आयोगको काम ठप्प, ६० हजार विद्यार्थी अन्योलमा


काठमाडौँ । चिकित्सा शिक्षा आयोगका निर्देशनालय र बोर्डमा निर्देशक तथा सदस्य नियुक्ति नहुँदा एमबीबीएस, बीडीएस, नर्सिङलगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन्।

नेतृत्व अभावका कारण एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक हुन नसकेको, मेडिकल कलेजहरूको सिट निर्धारण, अनुगमन तथा नीतिगत निर्णयसमेत रोकिएको आयोगले जनाएको छ।

करिब ६० हजार विद्यार्थी प्रवेश परीक्षाको पर्खाइमा रहेका बेला निर्देशक नियुक्ति प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन। आयोगका निर्देशक पदका लागि १२ उम्मेदवारले अन्तर्वार्ता दिइसके पनि नियुक्ति हुन बाँकी छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार