काठमाडौँ । आज प्रतिनिधिसभाका पाँच संसदीय समितिको बैठक बस्दैछ। अर्थ समितिले उपसमितिहरूको प्रतिवेदनमाथि छलफल गर्नेछ भने महिला तथा सामाजिक मामिला समितिले मुस्लिम आयोगको कामकारबाही र प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गर्नेछ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ लगायत विषयमा सैद्धान्तिक छलफल गर्नेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अवस्था र भावी कार्ययोजनाबारे समीक्षा गर्नेछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल गर्नेछ।
सम्बन्धित खबर


