सिन्धुलीमा १८.४७ करोड राजस्व संकलन


काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा भूमि प्रशासन कार्यालय सिन्धुलीले १८ करोड ४७ लाख ५४ हजार ११४ रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका अनुसार अंशबण्डा, घरजग्गा रजिष्ट्रेशनलगायतका सेवाबाट उक्त राजस्व संकलन भएको हो। वार्षिक तथ्यांकअनुसार आर्थिक वर्षको अन्तिम चार महिनामा राजस्व संकलन उल्लेखनीय रूपमा बढेको देखिएको छ। असार महिनामा मात्रै २ करोड ९४ लाख ५० हजार ५१६ रुपैयाँ राजस्व संकलन भएको, जुन आर्थिक वर्षकै सबैभन्दा बढी हो।

कार्यालयले जग्गा खरिद–बिक्री, नामसारी, लिखत पारित तथा अन्य भूमि प्रशासनसम्बन्धी सेवाप्रतिको चाप बढेकाले राजस्वमा वृद्धि भएको हुन सक्ने जनाएको छ। आगामी आर्थिक वर्षमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै राजस्व संकलनलाई अझ सुदृढ बनाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ।

२०८३ श्रावण २०, बुधबार २०:२७ प्रकाशित
ट्रेन्डिङ समाचार