काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नयाँ सङ्गठन संरचनाअनुसार १०५ कर्मचारीको दरबन्दी कायम गरेको जनाएको छ।
स्वीकृत संरचनाअनुसार मन्त्रालयमा १ सचिव, ६ सहसचिव, १६ उपसचिव, २५ शाखा अधिकृत, २३ नायब सुब्बा र ७ खरिदारको दरबन्दी रहेको छ। साथै ९ जना हलुका सवारी चालक र १८ जना कार्यालय सहयोगीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी (उपसचिव) भुमिश्वर खनालका अनुसार नयाँ दरबन्दीले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

२०८३ श्रावण २०, बुधबार १२:५६ प्रकाशित

