सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, मध्यपहाडी लोकमार्ग बन्द


काठमाडौं ।  । बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कारसहित बेपत्ता भएका तीन जनाको दुई दिनदेखि खोजी जारी रहे पनि अवस्था अझै अज्ञात रहेको छ। सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले ड्रोनसहित विभिन्न प्रविधिको प्रयोग गरेर खोजी गरिरहेका छन्।

घटनापछि पीडित परिवारले दोषीलाई कडा कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै २४ घण्टाभन्दा बढी समयदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्। बसधनी तथा सम्बन्धित समिति सम्पर्कमा नआएको भन्दै उनीहरूले आन्दोलन जारी राखेका हुन्।

गत सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा तीव्र गतिमा आएको बसले सडक किनारमा रोकिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीका गणेश थापा र सुजन बलमपाकी मगर बेपत्ता छन्। बस चालक हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

२०८३ श्रावण २०, बुधबार ११:२२ प्रकाशित
ट्रेन्डिङ समाचार