हेलिकप्टर चार्टरको नयाँ भाडादर सार्वजनिक, दुर्गम उद्धार महँगियो


काठमाडौं ।  वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले आगामी २०८३ भदौ ३० (१५ सेप्टेम्बर २०२६) देखि लागू हुने गरी हेलिकप्टर चार्टरको नयाँ भाडादर सार्वजनिक गरेको छ। इन्धन, स्पेयर पार्ट्स र प्रशासनिक खर्च बढेकाले भाडादर संशोधन गरिएको संघले जनाएको छ।

नयाँ दरअनुसार नेपाली नागरिकको उद्धार उडानका लागि काठमाडौं उपत्यकामा १ लाख २८ हजार रुपैयाँदेखि दार्चुलाका लागि १६ लाख ५३ हजार रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ। विदेशी पर्यटकका लागि भने गन्तव्यअनुसार ३०० अमेरिकी डलरदेखि १५ हजार अमेरिकी डलरसम्म शुल्क तोकिएको छ। नयाँ भाडादरमा १३ प्रतिशत भ्याट थपिनेछ भने इन्धनको मूल्य र डलर विनिमय दरका आधारमा दर परिवर्तन हुन सक्ने संघले जनाएको छ।

https://drive.google.com/file/d/11l0WkSl7CFC-wu49BjdYAFfPn9HQ62mb/view?usp=sharing

२०८३ श्रावण १९, मंगलवार २०:१२ प्रकाशित
ट्रेन्डिङ समाचार