हवाई इन्धन महँगिँदा आन्तरिक हवाई भाडा कति पुग्यो ? कहाँ जान कति लाग्छ ?


काठमाडौं । नेपाल आयल निगमले साउन १८ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरूले पनि हवाई टिकटमा लाग्ने इन्धन शुल्क वृद्धि गरेका छन्। सोमबारदेखि लागू भएको नयाँ शुल्कअनुसार यात्रुले टिकट खरिद गर्दा बढेको इन्धन शुल्क तिर्नुपर्ने भएको हो।

नयाँ व्यवस्थाअनुसार काठमाडौं–धनगढी उडानमा इन्धन शुल्क सबैभन्दा बढी ८८० रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा उडानमा १८३ रुपैयाँले वृद्धि भएको छ। अन्य गन्तव्यमा पनि दूरीअनुसार इन्धन शुल्क बढाइएको छ।

वायुसेवा कम्पनीहरूले इन्धन शुल्कबाहेक न्यूनतम वा अधिकतम हवाई भाडा, विमानस्थल सेवा शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) समेत टिकटमा समावेश गर्ने गरेका छन्। निगमले इन्धनको मूल्य समायोजन गरेसँगै हवाई टिकटमा लाग्ने इन्धन शुल्क पनि सोहीअनुसार परिवर्तन हुने व्यवस्था रहेको छ।

आन्तरिक वायुसेवामा इन्धनवापतको शुल्क दर

 

२०८३ श्रावण १९, मंगलवार १८:५२ प्रकाशित
ट्रेन्डिङ समाचार