काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीसहित मधेसका विभिन्न जिल्लामा भएको धार्मिक तथा साम्प्रदायिक तनावका क्रममा प्रहरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्नेबारे सरकारसँग स्पष्ट जवाफ माग गर्नुभएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने, मृतकप्रति श्रद्धाञ्जली, घाइतेको उपचार तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभयो। साथै, विपद् पूर्वतयारी र प्रतिकार्यमा सरकार सुस्त रहेको भन्दै आलोचना पनि गर्नुभयो। सुनसरी, सिरहा, पर्सालगायत जिल्लामा भएको घटनामा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको र दर्जनौँ व्यक्ति घाइते भएका छन्।
२०८३ श्रावण १९, मंगलवार १८:४२ प्रकाशित

