तीन महिनामै १ खर्ब आन्तरिक ऋण उठाउने सरकारको योजना


काठमाडौं ।  सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने वार्षिक तालिका सार्वजनिक गरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो त्रैमास (साउन–असोज) मै १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ, जसमा ९० अर्ब रुपैयाँ विकास ऋणपत्र र १० अर्ब रुपैयाँ ट्रेजरी बिलमार्फत संकलन गरिनेछ।

सरकारले वर्षभरि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत ऋण उठाउने योजना बनाएको छ।

२०८३ श्रावण १९, मंगलवार १२:३६ प्रकाशित
ट्रेन्डिङ समाचार