ADVERTISEMENT

सिन्धुली दुर्घटनापछि सडक अवरुद्ध, तीन जना अझै बेपत्ता

काठमाडौं ।   सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा भएको बस दुर्घटनापछि पीडित परिवारले मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै उनीहरूले टायर बालेर सडक बन्द गराएका हुन्।

दुर्घटनामा बसको ठक्करबाट कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहभागितामा खोजी कार्य जारी रहे पनि वर्षायामका कारण नदीको तीव्र बहावले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार