काठमाडौं । नेपाली सेनाले हालसम्म जटिल भौगोलिक क्षेत्रमा ३२ वटा सडक आयोजना सम्पन्न गर्दै १ हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको जनाएको छ।
सेनाले कर्णाली करिडोर, दार्चुला–टिङ्कर तथा बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माणलाई तीव्र रूपमा अघि बढाइरहेको छ।
दुर्गम तथा सामरिक महत्वका यी सडकले राष्ट्रिय सडक सञ्जाल विस्तार, स्थानीय विकास, व्यापार, पर्यटन, विपद् व्यवस्थापन र राष्ट्रिय सुरक्षा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको सेनाले जनाएको छ।
२०८३ श्रावण १७, आईतवार १५:३३ प्रकाशित

