चालु आवमै नेपालमा पहिलोपटक फाइभजी सेवा सञ्चालन गर्ने सरकारको योजना


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ भित्र नेपालमा पहिलोपटक व्यावसायिक फाइभजी (5G) सेवा सञ्चालनमा ल्याइने बताएका छन्।

आइतबार फेसबुकमार्फत सार्वजनिक योजनामा सरकारले देशभर उच्च गुणस्तरको फोरजी सेवा विस्तार, भरपर्दो इन्टरनेट पहुँच, सेवा गुणस्तर सुधार तथा नेपाल टेलिकमको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको उल्लेख गरिएको छ।

मन्त्री तिमल्सिनाले परिणाममुखी कार्यसम्पादनमार्फत आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रमा उल्लेखनीय सुधारको वर्ष बनाइने बताएका छन्।

२०८३ श्रावण १७, आईतवार १५:२४ प्रकाशित
ट्रेन्डिङ समाचार