मधेशमा लामो दूरीका बस सञ्चालन, जनजीवन सहज


काठमाडौं ।  सर्लाहीसहित मधेशका अधिकांश जिल्लामा लामो दूरीका सार्वजनिक सवारीसाधन पुनः सञ्चालनमा आएका छन्।

आन्दोलनको प्रभाव कम भएसँगै काठमाडौं, वीरगञ्ज, बर्दिवास र जनकपुरतर्फका बस नियमित चल्न थालेका छन् भने पूर्वका केही क्षेत्रमा सेवा क्रमिक रूपमा सुचारु भइरहेको छ।

यातायात सञ्चालनसँगै बजारहरू पनि खुल्न थालेका छन् र जनजीवन सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।

२०८३ श्रावण १७, आईतवार १४:४६ प्रकाशित
ट्रेन्डिङ समाचार