काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धात्मक बोलपत्रमार्फत छनोट गरेका ९६० मेगावाट क्षमताका ६३ सौर्य आयोजनामध्ये ३४६ मेगावाटका १८ आयोजना अझै निर्माण चरणमा प्रवेश गर्न सकेका छैनन्। वित्तीय लागत वृद्धि, अमेरिकी डलरको विनिमय दर बढ्नु, सोलार उपकरणको मूल्य महँगिनु तथा जग्गा स्थान परिवर्तन (कोअर्डिनेट संशोधन) सम्बन्धी कानुनी तथा प्रशासनिक जटिलताका कारण आयोजना रोकिएको हो।
प्राधिकरणका अनुसार ६१४ मेगावाट क्षमता भने निर्माणका विभिन्न चरणमा रहेको छ र केही आयोजना आगामी केही महिनामै सम्पन्न हुने अपेक्षा गरिएको छ। यता, प्रवर्द्धकहरूले विद्युत् विकास विभागले जग्गा स्थानान्तरणमा सहजीकरण नगर्दा आयोजना प्रभावित भएको बताएका छन् भने विभागले स्पष्ट कानुनी व्यवस्था नभएसम्म पुरानै कार्यविधिअनुसार मात्र काम गर्न सकिने जनाएको छ।
२०८३ श्रावण १७, आईतवार १४:३३ प्रकाशित

