ADVERTISEMENT

ब्रोड पिक हिमपहिरोमा नेपाली आरोही निर्मल पुर्जाको निधन

काठमाडौं ।  विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ।

पुर्जा संस्थापक रहेको इलाइट एक्सपेडले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो। संस्थाका अनुसार दुर्घटनामा पुर्जाका आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ ‘युक्ता’ र निमा शेर्पाको पनि मृत्यु भएको छ।

४३ वर्षीय पुर्जासहितको टोली बिहीबार आएको हिमपहिरोमा परेको थियो। घटनामा बेपत्ता भएका १० जनामध्ये ६ जना नेपाली आरोही रहेका थिए। केहीको शव शुक्रबार नै फेला परेको जनाइएको छ।

निर्मल पुर्जा सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ७ महिनामै आरोहण गरेर विश्वभर चर्चामा आएका थिए। उनको निधनलाई पर्वतारोहण क्षेत्रका लागि ठूलो क्षतिका रूपमा लिइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार