वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं ।   वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको जितपुर–सिमरा–१६ घर भई हाल काठमाडौंको तार्केश्वर बस्ने ३३ वर्षीय सागर उप्रेती र रुपन्देहीका ४५ वर्षीय कृष्णकुमार उपाध्याय रहेका छन्। उप्रेतीलाई टोखाबाट र उपाध्यायलाई काठमाडौं महानगरपालिका–१२ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले विदेश पठाइदिने आश्वासन दिई युवाहरूलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोप छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

२०८३ श्रावण १६, शनिबार १४:३० प्रकाशित
ट्रेन्डिङ समाचार