धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको भवनबाट हाम फालेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार बिहान करिब ९:३० बजे वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्की बीएचएमको प्रवेश परीक्षा दिन गएका बेला तीनतले भवनको छतबाट हाम फालेका थिए। गम्भीर घाइते भएका उनलाई महाकाली प्रादेशिक अस्पताल हुँदै धनगढीस्थित माया मेट्रो अस्पतालमा रेफर गरिएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कार्कीलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको र उनी औषधि सेवन गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
२०८३ श्रावण १६, शनिबार १४:१३ प्रकाशित

