सर्वोच्चद्वारा २० जिल्ला न्यायाधीशको सरुवा, विभिन्न अदालतमा जिम्मेवारी हेरफेर


काठमाडौं । सर्वोच्च अदालतले २० जना जिल्ला न्यायाधीशको काज सरुवा गरेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्माको निर्णयअनुसार न्यायाधीशहरूलाई विभिन्न जिल्ला अदालतमा काजमा खटाइएको हो।

अदालतको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यकताअनुसार न्यायाधीशहरूको जिम्मेवारी परिवर्तन गरिएको सर्वोच्चले जनाएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढालाई सुर्खेत पठाइएको छ भने सुर्खेतका कमलकान्त जोशीलाई काठमाडौँ ल्याइएको छ। भक्तपुर जिल्ला अदालतमा विनोद खतिवडा, गेहेन्द्रराज पन्त, प्रकाश कोइराला र पुरुषोत्तम नेपाललाई जिम्मेवारी दिइएको छ।

यसैगरी सप्तरी जिल्ला अदालतमा सन्तोषप्रसाद पराजुली, पुण्यप्रसाद सापकोटा, बासुदेव पाण्डे र कर्णबहादुर राईसहित चार जना न्यायाधीशलाई काजमा खटाइएको छ। सर्वोच्चको निर्णयअनुसार अन्य जिल्लाका न्यायाधीशहरूको समेत जिम्मेवारी हेरफेर गरिएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार