कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाको तयारी तीव्र


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले २९ साउनमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाएको छ ।

भेलाको तयारीबारे जानकारी दिन इतर समूहले शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ । प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार पत्रकार सम्मेलनमा आयोजक समिति, संयोजक चयन र अन्य तयारीका विषयमा जानकारी दिइनेछ ।

राष्ट्रिय भेलाका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने तयारी भइरहेको छ । भेलालाई प्रभावकारी बनाउन विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थालाई परिचालन गर्ने जिम्मेवारीसमेत नेताहरूलाई दिइएको छ ।

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, किसान संघ, आदिवासी जनजाति, विदेश जनसम्पर्क समिति, ट्रेड युनियनलगायत संगठन परिचालनका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार