ADVERTISEMENT

जनकपुरमा हट्यो कर्फ्यु, निषेधाज्ञा कायमै

काठमाडौं  । जनकपुरधाममा जारी कर्फ्यु हटाइएको छ भने निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान १० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको जनाएको छ।

सुनसरी घटनापछि जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएपछि गत बिहीबारदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शान्ति सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी राखिएको हो। यसअघि सुनसरी र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार