बाढी–पहिरोले सडक सञ्जाल प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध


काठमाडौं  ।  लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शनिबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द रहेको र केही सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिएको छ। कान्तिलोकपथमा पनि रातिको समयमा सबै प्रकारका सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

यसैगरी, इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडकखण्ड र रसुवाको पासाङ ल्हामु सडकखण्ड पहिरो तथा नदी कटानका कारण प्रभावित भएका छन्।

प्रहरीले वर्षायाममा सडकमा जोखिम बढ्ने भएकाले यात्रु तथा चालकलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार