काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव जारी रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी क्षेत्रमा धेरै स्थान तथा हिमाली र तराईका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानसहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
२०८३ श्रावण १६, शनिबार ०७:२४ प्रकाशित


