सर्लाही मलङ्गवाको अवस्था सामान्य, बजार र आवागमन सञ्चालन


 

काठमाडौँ ।  सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था शुक्रबार अपराह्नदेखि सामान्य बनेको छ। बिहान केहीबेर प्रदर्शनका कारण असहज अवस्था भए पनि अहिले बजार खुल्न थालेको, निजी सवारीसाधन निर्वाध सञ्चालनमा रहेको र अत्यावश्यक सामग्री खरिदका लागि सर्वसाधारण बाहिर निस्किएका छन्।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार जिल्लाको समग्र सुरक्षा अवस्था सामान्य रहेको छ भने सामाजिक सद्भाव कायम राख्न शनिबार हरिवन र लालबन्दीमा सद्भाव ¥याली आयोजना गरिने तयारी गरिएको छ।

२०८३ श्रावण १५, शुक्रबार २०:२१ प्रकाशित
ट्रेन्डिङ समाचार