ADVERTISEMENT

मधेस आन्दोलनले एमबीएस परीक्षा प्रभावित, ११ केन्द्रमा स्थगित

काठमाडौँ । मधेसमा जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालयले साउन १५ गते हुने एमबीएस अन्तर्गत ‘बजार व्यवस्थापन’ विषयको परीक्षा ११ वटा परीक्षा केन्द्रमा स्थगित गरेको छ।

त्रिविका अनुसार जनकपुर, सर्लाही, सिराहा, सप्तरी, रौतहट, बारा र वीरगञ्जका ती परीक्षा केन्द्रमा अर्को सूचना नआएसम्म परीक्षा सञ्चालन हुने छैन। अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन गरिने र स्थगित परीक्षाको नयाँ मिति पछि सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार