काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
२०८३ श्रावण १५, शुक्रबार ०७:२६ प्रकाशित

