काठमाडौं । सरकार र आन्दोलनरत् लघुवित्त पीडितबीच बिहीबार पहिलो चरणको वार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको प्रारम्भिक छलफल सकारात्मक र समाधानउन्मुख रहेको जनाउँदै मन्त्रालयले वार्ता शुक्रबार पुनः बस्ने गरी स्थगित गरिएको जनाएको छ।
लघुवित्त पीडितहरूले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै मंगलबारदेखि माइतीघरमा सामूहिक आमरण अनशन सुरु गरेका छन्। सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघबीच भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिए पनि त्यसको कार्यान्वयन नभएको आरोप पीडितहरूको छ।
अनशन सुरु भएपछि सरकारले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। टोलीमा कानुन मन्त्रालय, गृह मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित पाँच सदस्य रहेका छन्।
२०८३ श्रावण १४, बिहीबार २०:२५ प्रकाशित

