काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विकसित तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले हिंसात्मक गतिविधि तत्काल रोक्दै संवादमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार जारी विज्ञप्तिमा ओलीले नागरिकको सुरक्षा, शान्ति स्थापना र संवादमार्फत समाधान खोज्नु सरकारको प्रमुख दायित्व भए पनि सरकारले उदासीनता, मौनता र अत्यधिक बल प्रयोग गरेको आरोप लगाए। साथै, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालालाई सक्रिय भूमिका खेल्न उनले आह्वान गरेका छन्।
२०८३ श्रावण १४, बिहीबार १९:३४ प्रकाशित

