काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरेका छन्।
बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन् भने अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव छन्।
अर्थमन्त्री वाग्लेले समितिलाई आजै आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्। समितिको पहिलो बैठक अर्थ मन्त्रालयमा बस्ने तय भएको छ।
२०८३ श्रावण १४, बिहीबार १२:३६ प्रकाशित

