गोलीकाण्डमा सरकारको नैतिक जिम्मेवारीबारे एमालेको प्रश्न


काठमाडौँ । नेकपा एमालेले सुनसरीमा गोली चलेको घटनाप्रति सरकारको नैतिक जिम्मेवारीबारे प्रश्न उठाएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भनिएको उदाहरण दिँदै, अहिले सुनसरी घटनामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले पनि नैतिक जिम्मेवारी लिनुपर्ने कि नपर्ने भन्दै प्रश्न गरिन्।

उनले सुनसरीको घटना राज्यको शान्ति–सुरक्षा कायम गर्न असफल भएको संकेत भएको टिप्पणी गर्दै दङ्गा नियन्त्रण बल प्रयोगभन्दा संवाद र विश्वासका माध्यमबाट हुनुपर्ने बताइन्। साथै, सङ्कटका बेला सरकारले जनतासँग संवाद गर्नुपर्ने र राष्ट्रिय सद्भाव कायम गर्न एमाले सहकार्य गर्न तयार रहेको उनले उल्लेख गरिन्।

२०८३ श्रावण १४, बिहीबार १२:१० प्रकाशित
ट्रेन्डिङ समाचार