काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
२०८३ श्रावण १४, बिहीबार ०७:५५ प्रकाशित

