चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत


काठमाडौं ।  चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार बसेको आयोगको २७औँ बैठकले उक्त बजेट पारित गरेको हो। कुल बजेटमध्ये नेपाल सरकारबाट ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ व्यवस्था गरिएको छ।

बैठकले आयोगको आन्तरिक स्रोतमा रहेको बचत तथा चालु वर्षको अनुमानित आम्दानीमध्येबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय पनि गरेको छ। स्वीकृत आन्तरिक बजेटमध्ये ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ चालु खर्च र ८ करोड ६२ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको आयोगले जनाएको छ।

२०८३ श्रावण १३, बुधबार १९:४० प्रकाशित
ट्रेन्डिङ समाचार