सुनसरी घटनाको छानबिन समितिमा दुई सदस्य थप


काठमाडौं । सरकारले सुनसरीको देवानगन्ज घटनाको छानबिन गर्न गठित समितिमा दुई जना सदस्य थप गरेको छ। गृह मन्त्रालयले प्रहरी उपरीक्षक मोहनसिंह धामी र प्रहरी निरीक्षक दिपेश अवस्थीलाई ब्यालिस्टिक र फरेन्सिक विज्ञका रूपमा समितिमा मनोनयन गर्दै यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

यसअघि सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। मन्त्रालयले सुनसरीसहित संवेदनशील जिल्लामा सुरक्षा सतर्कता बढाइएको, शान्ति–सुव्यवस्था कायम गर्न समन्वय भइरहेको तथा देवानगन्जको अवस्था क्रमशः सामान्य बन्दै गएको जनाएको छ।

२०८३ श्रावण १३, बुधबार १९:२९ प्रकाशित
ट्रेन्डिङ समाचार