राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा अध्यक्ष दाहालले देशको पछिल्लो राजनीतिक परिस्थिति तथा राष्ट्रियसभाका संसदीय गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो।